अपराजित रहँदै फाइनल पुग्ने महिला भलिबलको लक्ष्य
काठमाडौं। बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा सोमबार नेपाली महिला टोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सहिद सुरावर्दी कर्भडहलमा हुने दिनको दोस्रो खेल बिहान सवा ११ बजे सुरु हुनेछ।
फाइनलको यात्रामा रहेको नेपालले आइतबार प्रतियोगितामा अपराजित उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो। दिनप्रतिदिन टोलीको प्रदर्शनमा सुधार भइरहेको र फाइनलमा आफूहरुले सतप्रतिशत दिनेमा कप्तान अरुणा शाही विश्वस्त छिन्।
‘दिनप्रतिदिन हाम्रो प्रदर्शन राम्रो भइरहेको छ। सुधार भइरहेका छन्। फाइनलमा योभन्दा पनि बढी गर्नुपर्छ। प्रतिस्पर्धी टोली राम्रा छन्,’ अरुणाले भनिन्। साविक विजेता टोली प्रतियोगितामा अपराजित रहँदै ११अंकका साथ शीर्ष स्थानमा छ।
यस्तै समान चार खेलमा श्रीलंका १० अंकका साथ दोस्रो र नौ अंक जोडेको उज्वेकिस्तान तेस्रो स्थानमा छ। कीर्गिस्तानले भने ३ अंक मात्र छ। नेपालले उपाधिका लागि श्रीलंका र उज्वेकिस्तान मध्ये एकसँग खेल्नेछ।







डिसी नेपाल







Facebook Comment