एनसीसी बैंकसहित ३ कम्पनीको सेयर मूल्य समायोजना, कुन कम्पनीको कति ?

डिसी नेपाल
१२ पुष २०७८ ९:०५

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ३ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । सोमबार मूल्य समायोजन हुनेमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, विजय लघुवित्त र महुली लघुवित्त रहेको छ ।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन गरेको हो।  समायोजनपछि सेयर मूल्य २६३ रुपैयाँ ४३ पैसा निर्धारण गरेको छ । यस अघि नेप्सेमा लघुवित्तको अन्तिम सेयर मूल्य २ सय ८४ रुपियाँ ५० पैसा रहेको थियो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश दिने भएको छ।

त्यस्तै, विजय लघुवित्तको २०.०३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार २ सय ७२ रुपैयाँ १८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । यस अघि नेप्सेमा लघुवित्तको अन्तिम सेयर मूल्य १ हजार ५ सय २७ रुपियाँ रहेको थियो। लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २०.०३१ प्रतिशत बोनस सेयर र कर तिर्न १.०५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

महुली लघुवित्तको २६ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको छ।  नेप्सेले समायोजनपछिको सेयर मूल्य १ हजार ५ सय २ रुपैयाँ ३८ पैसा निर्धारण गरेको छ । यस अघि नेप्सेमा लघुवित्तको अन्तिम सेयर मूल्य १ हजार ८ सय ९३ रुपियाँ रहेको थियो। लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *