५१ लाखको लागतमा भीमफेदीको खहरे खोलामा पुल निर्माण हुने

डिसी नेपाल
१२ पुष २०७८ ९:५३

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ । ५१ लाख रुपैयाँको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गरे ।

सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ ।

एक सय १४ मिटर लम्बाइको पुल निर्माण हुन लागेको हो। उक्त पुल ६ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *