सूर्योदय लघुवित्तको साधारण सभा पुस १६ गते हुने, यस्ता छन् पेश हुने प्रस्तावहरु

डिसी नेपाल
१२ पुष २०७८ १०:२५

काठमाडौं।  सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । लाभांश प्रस्ताव पारित गर्न सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे सुरु हुने भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साथै, वोमी लघुवित्तसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ । वोमी लघुवित्तसँग एक बराबर एकको अनुपातमा मर्ज गर्ने प्रस्ताव स्वीकृतका लागि पनि सभामा पेश गर्ने भएको छ ।

प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । मर्जर सम्झौता भएसँगै भदौ १६ गतेबाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *