सोमबार बढ्यो सुनको मूल्य, चाँदीको कति ?

डिसी नेपाल
१२ पुष २०७८ ११:०९

काठमाडौं। साताको कारोबारको दोस्रो दिने सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुनको मूल्य ९३ हजार २ सय रुपैयाँ रहेको छ ।

आइतबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भई रहेको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँले कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ९ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *