महुली लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने समय थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
१२ पुष २०७८ ११:२५

काठमाडौँ।  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा आवेदन म्याद थप गरेको छ । लघुवित्तले आवेदन दिन ७ दिन म्याद थप गरेको हो।

संस्थाले पौष ४ गतेबाट ३ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गरेको हो । उक्त सेयरको न्युनतम मूल्य ७ सय ३५ रूपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्युनतम ५ सय कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस सेयरमा पौष ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *