नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै

डिसी नेपाल
१२ पुष २०७८ ११:५४

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि ९ अर्ब १० कराेड रुपैयाँ, १८२ दिन अवधिको १० अर्ब रूपैयाँ र ३६४ दिने २ अर्ब रूपैयाँ गरी २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

ट्रेजरीको बोलकबोल साेमबार दिउँसो २ बजे अनलाइनमार्फत् खुला हुनेछ। ९१ दिने ट्रेजरी आगामी चैत १५ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी १४ असार २०७९ मा परिपक्व हुनेछ । ३६४ दिनेको ट्रेजरी बिल २०७९ पुस १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएकाे छ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (पाैष १२ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर भाेलि पाैष १३ गते, मंगलबार बिक्री हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *