हिमालयन बैंकको बुकक्लोज मिति परिवर्तन, अब कहिले ?

डिसी नेपाल
१२ पुष २०७८ १४:३३

काठमाडौँ। हिमालयन बैंकको बुकक्लोज मिति परिवर्तन भएको छ । बैंकले एक सूचना जारी गर्दै अव पुस १९ गते बुकक्लोज हुने जानकारी दिएको हो। यस अनुसार पुस १८ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा सहभागी हुन पाउनेछन् ।

यस अघि भने बैंकले पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने र पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने सूचनालाई सच्याइएको हो ।

हिमालयन बैंकको २९ औं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ। सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ  ।

सभामा बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांशसहित कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी भएका समझदारी पत्र, अन्तिम सम्झौतालगायत सम्पूर्ण कामहरु स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग एक बराबर एकको अनुपातमा मर्ज गर्ने प्रस्ताव स्वीकृतका लागि पनि सभामा पेश गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *