गरिमा विकास बैंकको २ नयाँ शाखा सञ्चालनमा

डिसी नेपाल
१२ पुष २०७८ १४:४४

काठमाडौँ। गरिमा विकास बैंकले थप २ वटा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ । “सबैमा पहुँच” भन्ने  मुल नारासहित शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा सञ्चालनमा ल्याएको हाे ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *