‘टान’को अध्यक्षमा बाँस्तोलाले उम्मेदवारी दिने
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्षमा युवा पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले उम्मेदवारी दिने बताएका छन् ।
पूर्वउपाध्यक्षसमेत रहेका बाँस्तोलाले आगामी माघ २८ गते हुने टानको ४३औँ साधारणसभा एवं निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । बाँस्तोलाको एशियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । उनी एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आएका छन्।
विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बाँस्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए । सोलुखुम्बु घर भएका उनले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् । बाँस्तोला सन् २०१३–२०१५ मा टानको कार्य समिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए । रासस







डिसी नेपाल








Facebook Comment