तीन कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

डिसी नेपाल
१३ पुष २०७८ ८:४४

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । सेयर मूल्य समायोजन हुनेमा महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त  र नेपाल हाइड्रो डेभलपर्स रहेको छ ।

महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनसपछि सेयर मुल्य समायोजन भएको हो। समायोजनापछि सेयर मूल्य ४ सय ७० रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिन भएको छ ।

यस्तै, निर्धन उत्थान लघुवित्तको २९.५ प्रतिशत बोनसपछि नेप्सेले सेयर मूल्य समायोजन गरेर सेयर भाउ १ हजार २ सय रुपैयाँ ७७ पैसा निर्धारण भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २९.५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.५५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन भएको छ। समायोजनापछि सेयर मूल्य ३ सय ६५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । म्पनीले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.५६% नगद लाभांश वितरण गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *