रौतहटमा भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । रौतहटमा एक भारतीय नम्बरप्लेटको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रौतहटको गरुडामा विवाहमा आएको भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो ।
गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा जयनगरमा पोलमा ठोकिएर स्करपियो दुर्घटना ग्रस्त भएको नेपाल प्रहरीले जनाएको छ । गरुडा इलाका प्रहरी कार्यालयका डीएसपी श्रीराम भण्डारीका अनुसार जन्ती लिएर फर्किदै गरेको गाडी दुर्घटनामा परेको हो । बिआर ५ पिए ६९५३ नम्बरको भारतीय स्कारपियो जिपमा ५ जना सवार थिए ।
सो गाडी के कारणले दूर्घटना भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । ‘हामी दूर्घटनाको बारेमा बुझिरहेका छौँ अहिले नै केही भन्न सक्ने अवस्था छैन’, डिएसपी भण्डारीले भने ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment