एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा विजयी भलिवल टोलीलाई प्रधानमन्त्रीको बधाई

डिसी नेपाल
१३ पुष २०७८ २१:१३
104
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा विजयी महिला भलिवल टोलीलाई बधाई दिएका छन् ।

मंगलबार बगंलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपालले उपाधि जितेको हो । बेस्ट अफ फाइभमा दुवै टिमले दुई–दुई सेट जितेपछि उपाधिको छिनोफानो अन्तिम सेटमा भएको थियो ।

उपाधि जितेसँगै प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटर मार्फत महिला टोलीलाई बधाइ दिएका हुन् ।

‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रोपटक उपाधि जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई’ देउवाले लेखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *