२४१ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
१५ पुष २०७८ १६:४४
64
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ८१४ जनामा पीसीआर परीक्षण गरिएकोमा २३५ जनामा र २ हजार ८३ जनामा एन्टीजेन परीक्षण गर्दा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २६० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ ।

यसैगरी देशमा हालसम्म ४ हजार ८७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.