सिभिल बैंकसहित दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
१९ पुष २०७८ १२:२१

काठमाडौं। दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुई वटा कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ।  यस अनुसार आज सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

सिभिल बैंकको ११औं वार्षिक साधारण सभा पुस ३० गते बस्ने भएको छ। सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा बैंकले आर्थिक वर्ष २०७७/८८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ।

रिलायन्स फाइनान्सले लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ। सभा भर्चुअल माध्यमबाट सुरु हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफा १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *