३२६ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
१९ पुष २०७८ १६:००
176
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ७ सय जनामा पीसीआर परीक्षण गरिएकोमा २९१ जनामा र २ हजार ७९८ जनामा एन्टीजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २५५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९८ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ५ हजार ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.