नेपाल पुनर्बिमा कम्पनीको साधारण सभा पुस २२ गते हुने, यस्ता छन् प्रस्तावहरु

डिसी नेपाल
२० पुष २०७८ ८:४२

काठमाडौं। नेपाल पुनर्बिमा कम्पनीको बार्षिक साधारण सभा पुस २२ गते हुने भएको छ । लाभांश पारित गर्न कम्पनीले सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु गर्ने भएको छ  ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १६.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २.५० प्रतिशत नगद लाभांश दिन प्रस्ताव पेश गर्ने भएको छ । साथै, बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने  एजेण्डा पनि रहेको छ।

सभाले  सभामा आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गरेको छ । यस अनुसार स १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित भएको र सभामा भाग लिन पाउने छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *