चार वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२० पुष २०७८ ९:१८

काठमाडौँ। चार वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी चार वटा कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ।  यस अनुसार आज सम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

जनउत्थान सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.३१५७ प्रतिशत नगद लाभांश गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस ३० गते हुने भएको छ।

कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। कम्पनीको बार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ।

पोखरा फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट ८.०७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.४२५  प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ  ।

मल्टीपर्पस फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १३ प्रतिशतले बोनस शेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६  प्रतिशत नगद लाभांश गरि कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।  कम्पनीको बार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *