छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
२० पुष २०७८ १०:००

काठमाडौं। छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न पुस २१ गते बुकक्लोज गर्ने भएको छ। सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *