सांग्रिला डेभलपमेन्ट बैंकको १० हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२० पुष २०७८ १०:३४

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी कुमार मल्लले आफ्नो नाममा रहेको १० हजार ५०० कित्ता सेयर बिक्री गर्न लागेको हो।

यसमा बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *