ह्वातै घट्यो सुनको मूल्य

डिसी नेपाल
२० पुष २०७८ ११:१९

काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ रहेको छ ।

सोमबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। सोमबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ४५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *