एक सातामा १४ अर्ब रुपैयाँले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

डिसी नेपाल
२० पुष २०७८ ११:५०

काठमाण्डौ । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार पुस १० गतेदेखि पुस १६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेर ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३५ अर्ब रुपैयाँ रहेको थियो।

यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ११ अर्ब रुपैयाँले बढेको छ। एक सातामा कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेर ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।  गत पुस ९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *