मध्य भोटेकोशी जलविद्युतसहित दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
२० पुष २०७८ १४:१३

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्नेमा मध्य भोटेकोशी जलविद्युत कम्पनी र नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता सेयर मूल्य १ सय ९४ रुपैयाँ पुगेको छ। साथै, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.८३ प्रतिशतले बढेर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।

यस्तै, मार्केट डेपमा दुवै कम्पनीको खरिद माग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *