६३.०१ अङ्कले बढ्यो नेप्से, परिसूचक २६७९.९५ बिन्दुमा

डिसी नेपाल
२० पुष २०७८ १५:१४

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ६३.०१ अङ्कले बढेर  २ हजार ६७९.९५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३४ कम्पनीको ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको सेयर कारोबार भएको छ।

कारोबारका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । यस कम्पनीको १४ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ५ रुपैयाँ ४० पैसा कायम भएको छ।  त्यसपछि क्रमश :  नबिल बैंक र अपि पावरको भएको छ ।

मंगलबार सबै भन्दा बढी श्री इन्भेस्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको लगानीकर्ताले कमाएको छ। यी दुइ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। साथै, मध्ये भोटेकोशी जलबिद्युतको सेयर ९.९९ प्रतिशत र नेपाल एसबिआई बैंकको ९.७२ प्रतिशतले बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *