दुई लघुवित्तसहित ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको भाउ कति ?

डिसी नेपाल
२१ पुष २०७८ ९:१०

काठमाडौं। पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार मूल्य समायोजन हुनेमा जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टिपर्पस फाइनान्स, पोखरा फाइनान्स र छ्याङदी हाइड्रोपावर रहेको छ। चार कम्पनीको बोनसपछिको सेयर मूल्य  समायोजन भएको छ भने १ कम्पनीको हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको सेयर भाउ २ हजार ३ सय ८३ रुपैयाँ २ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनी अन्तिम कारोबार २ हजार ९ सय ७९ रुपैयाँले भएको थियो।

कालिका लघुवित्त वित्तीय संस्थाको १३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको सेयर भाउ १ हजार १ सय ६३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनी अन्तिम कारोबार १ हजार ३ सय १५ रुपैयाँले भएको थियो।

मल्टिपर्पस फाइनान्सको १३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको सेयर भाउ ४ सय १६ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ ।  यस अघि नेप्सेमा कम्पनी अन्तिम कारोबार ४ सय ७१ रुपैयाँले भएको थियो।

पोखरा फाइनान्सको ८.०७५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको सेयर भाउ ४ सय ४० रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनी अन्तिम कारोबार ४ सय ७६ रुपैयाँले भएको थियो।

छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन भएको छ।  समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ९६ रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *