दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२१ पुष २०७८ ९:५३

काठमाडौं। दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुई वटा कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ।  यस अनुसार आज सम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को चुक्ता पूँजीबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.७० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ११ प्रतिशत लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *