६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२१ पुष २०७८ १०:५१

काठमाडौं। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ रहेको छ ।

मंगलबार प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ५ सय ६० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *