पुस ३० बाट युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तको एकीकृत कारोबार

डिसी नेपाल
२१ पुष २०७८ १२:२९

काठमाडौं।  युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तको एकीकृत कारोबार पुस ३० गतेदेखि सुरु हुने भएको छ। यी दुई लघुवित्तबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै एकीकृत कारोबार सुरु हुन लागेको हो ।

दुवै लघुवित्तको मर्जरपछि युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु हुनेछ।

युनिक नेपाल र घोडीघोडा लघुवित्तको क्रमशः गत असोज ८ र असोज १६ गते सम्पन्न विषेश साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । घोडीघोडाको १०० कित्ता सेयर बराबर युनिक नेपालको ५० कित्ता सेयर हुनेगरी मर्जर सम्पन्न भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *