बंगलादेशले टेस्ट क्रिकेटमा इतिहास रच्यो
काठमाडौं। न्यूजिल्याण्डको टौरंगामा बंगलादेशले इतिहास रच्दै न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गरेको छ । बंगलादेशले टेस्ट क्रिकेटमा न्यूजिल्याण्डलाई पराजित गरेको यो इतिहासमै पहिलो पटक हो । साथमा न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा बंगलादेशले कुनै पनि फरम्याटमा अहिलेसम्म हराउन नसकेकोमा आज पहिलो पटक उसकै घरमा हराएको हो ।
यसमा पनि खास कुरा के भने न्यूजिल्याण्ड अहिले टेस्ट क्रिकेटको विश्व च्याम्पियन हो । न्यूजिल्याण्डले २०२१ मा भएको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो । विश्व च्याम्पियनलाई उसकै घरमा हराउनु बंगलादेशको लागि झनै गर्वको विषय बनेको छ ।
आज खेलको अन्तिम दिन न्यूजिल्याण्डले आफ्नो इनिङको सुरुवात ५ विकेटको क्षतिमा १४७ रनबाट गरेको थियो । तर, बाँकी भएका ५ विकेट २२ रन जोड्दा नै गुमाएपछि न्यूजिल्याण्ड १६९ रनमै समेटियो । दोस्रो इनिङमा न्यूजिल्याण्डका ओपनर बिल यंगले टिमको लागि सर्वाधिक ६९ रन बनाए । बंगलादेशका तर्फबाट हिरो रहेका इबादत हुसैनले ५६ रन दिएर ६ विकेट लिए ।
? First win v New Zealand in New Zealand (in all formats)
? First Test win v New Zealand
? First away Test win against a team in the top five of the ICC Rankings
? 12 crucial #WTC23 points!History for Bangladesh at Bay Oval!#NZvBAN pic.twitter.com/wTtmHfCITZ
— ICC (@ICC) January 5, 2022
दोस्रो इनिङ ब्याटिङ गर्न उत्रिएको बंगलादेशलाई केवल ४० रनको लक्ष्य थियो । यो सामान्य लक्ष्य बंगलादेशले १७ रनमै पूरा गर्यो । सिरिजको अर्को टेस्ट शनिबारदेखि क्राइस्टचर्चमा हुनेछ । टेस्टमा बंगलादेशले न्यूजिल्याण्डलाई हराएको यो पहिलो पटक हो । यसअघि यी दुई देशबीच १५ टेस्ट खेलिएकोमा १२ बंगलादेशले हारेको थियो र ३ वटा ड्र भएका थिए ।
बंगलादेशले देशबाहिर टेस्टमा कसैलाई हराएको यो छैटौं पटक हो । देशबाहिर ६१ टेस्ट खेलेको बंगलादेशले यसअघि वेस्ट इण्डिज, श्रीलंका र जिम्बाब्बेलाई हराएको थियो । आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको यो २०१७ पछि पहिलो हार हो । यसअघि २०१७ मा न्यूजिल्याण्डले विलिंगटनमा दक्षिण अफ्रिकासँग हारेको थियो ।







डिसी नेपाल







Facebook Comment