अर्थतन्त्रको आधार सहकारीः मुख्यमन्त्री पोखरेल

डिसी नेपाल
२२ पुष २०७८ २१:५५
40
Shares

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताएका छन् । सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि महत्वपूर्ण रहेको बताएका हुन्।

मुख्यमन्त्री पोखरेलले सहकारीको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। उाले पर्यटन, जलविद्युत्, उद्योग, व्यापारलगायतका क्षेत्रमा सहकारीले लगानी बढाउँदै गएमा अर्थतन्त्रमा टेवा पुर्‍याउन सकिने बताए । उनले गण्डकी प्रदेश सरकारले सहकारीलाई रचनात्मक ढङ्गले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.