बागमती प्रदेशमा बढ्यो ट्याक्सी भाडा, अब न्यूनतम ६० रुपैयाँ
काठमाडौं। बागमती प्रदेशमा ट्याक्सी भाडा वृद्धि भएको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ट्याक्सी भाडा बढाएको हो।
मन्त्रालयले जारी गरेको निर्णयअनुसार अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ। शुरुको एक किलोमिटर पश्चात् प्रति दुई सय मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।
उक्त निर्णयअनुसार ट्याक्सीहरुले अब पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने मन्त्रालयले जनाएको छ। त्यस्तै ट्याक्सी प्रयोग गर्नेवित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।
यो निर्णय माघ १ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment