ललितपुर एमाले अध्यक्षमा आचार्य सर्वसम्मत

डिसी नेपाल
२६ पुष २०७८ ६:३४
40
Shares

ललितपुर। नेकपा (एमाले) ललितपुर अध्यक्षमामा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन्। सातदोबाटोस्थित एक पार्टी प्यालेसमा आइतबार राति सम्पन्न अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।

बन्द सत्रको क्रममा भएको सहमति अनुसार उपाध्यक्षमा प्रेमभक्त महर्जन, सचिवमा राम राउत तथा सहसचिवमा श्याम व्यञ्जनकार र तारा सञ्जेल छानिएका छन्। बन्दसत्रमा १ सय २० जनाको नाम पढेर सुनाइएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.