नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
२६ पुष २०७८ १०:१७
632
Shares

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बिक्री खुल्ला गरेका छन्।  बैंकका संस्थापक डा. रामप्रसाद पोख्रेलले आफ्नो नाममा रहेको ६८ हजार ७८३ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

यसमा बैंकका संस्थापक सेयरधनीमात्र आवेदन दिन पाउनेछन् ।  यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको प्रधान कार्यालय दरवारमार्ग, काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.