सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। फागुन महिनाको दोस्रो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २३ सय रुपैयाँले बढेको हो।
शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोवार भैइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment