सोमबार घट्यो सुनको मूल्य, प्रति तोला कति ?

डिसी नेपाल
२६ पुष २०७८ ११:१६
1.3k
Shares

काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय २५ रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.