माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

डिसी नेपाल
२६ पुष २०७८ १२:४६
404
Shares

काठमाडौं। शिक्षा मन्त्रालयले आमागी माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रालयमा बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

हिजो आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाका संक्रमण बढेको र जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।

बिदाकै अवधिमा सीसीएमसीसीले १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.