सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

डिसी नेपाल
२७ पुष २०७८ ९:४६

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट सम्बन्धि सम्झौता भएको छ । साेमबार बैंक र रिसाेर्टबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झाैता भएकाे हाे ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रा.लि.का तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापत्र अनुसार अब सांग्रिला बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग वा क्युआर कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *