नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ३ जना सिफारिस

डिसी नेपाल
२७ पुष २०७८ १०:५८

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।  अर्थ मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका ५ जनामध्ये ३ जनालाई सिफरिस गरिएको हो ।

सिफरिसमा परेमा डा. रमेशकुमार भण्डारी, डा. केशव श्रेष्ठ र कृष्णबहादुर कार्की  रहेका छन् । अव मन्त्रिपरिषदको बैठकले यी तीनमध्ये एक जनालाई नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्ने भएको छ ।

पहिलो चरणमा कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीको नाम छानिएका थिए ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि चन्द्र सिंह साउदले प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *