नेप्सेमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
२७ पुष २०७८ १४:४१

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबारको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र मध्य भोटेकोशी जलबिद्युतको सेयर मूल्यमा सर्किट लागेको हो। यी ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ  ।

नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५१ रुपैयाँ ९० पैसाले बढेर प्रतिकित्ता मूल्य ५ सय ७० रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५० रुपैयाँले बढेर ५ सय ५० रुपैयाँ २० पैसा पुगेको छ।

नेपाल फाइनान्सको सेयर मूल्य ६३ रुपैयाँले बढेर ६ सय ९३ रुपैयाँ पुगेको छ भने पोखरा फाइनान्सको सेयर मूल्य ५२ रुपैयाँ १० पैसाले बढेर ५ सय ७३ रुपैयाँ १० पैसा पुगेको छ।

मानुषी लघुवित्त वित्तीय संस्था सेयर मूल्य १ सय ४० रुपैयाँले बढेर १ हजार ५ सय ४० रुपैयाँ पुगेको छ। यता, मध्य भोटेकोशी जलबिद्युतको सेयर मूल्य २८ रुपैयाँ ५० पैसाले बढेर ३ सय १३ रुपैयाँ ५० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *