४९.१९ अङ्कले बढ्यो नेप्से, परिसूचक २८३४.१३ विन्दुमा

डिसी नेपाल
२७ पुष २०७८ १५:२४

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४९.१९ अङ्कले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको १६ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय १० रुपैयाँ ९० पैसा कायम भएको छ।  त्यसपछि क्रमश : गोर्खाज फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।

मंगलबार बढेको सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र मध्य भोटेकोशी जलबिद्युतको सेयर मूल्यमा सर्किट लागेको हो। यी ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ  ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *