जानकी फाइनान्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२८ पुष २०७८ ९:३१
36
Shares

काठमाडौं। जानकी फाइनान्सले आफ्नो सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले १५ प्रतिशतले हुन आउने ९ करोड ६१ हजार रुपैयाँ बराबरको रकम बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशतले हुन आउने ४७ लाख ४० हजार रुपैयाँ खर्च गर्ने भएको छ ।

प्रस्तावित लाभांश नियामक राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.