मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

डिसी नेपाल
५ पुष २०८२ १९:५२
296
Shares

भद्रपुर (झापा) । यहाँको बिर्तामोड६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गिरीबन्धु टीस्टेट नजिक चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर नगरपालिका५ निवासी २५ वर्षीय भूपाल अधिकारी र हालसम्म नाम, थर तथा वतन नखुलेका अन्दाजी २६ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

मृतक दुवै जनाको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *