चार कम्पनीको सेयर मूल्यमा लग्यो सर्किट, कुनको मूल्य कति पुग्यो ?

डिसी नेपाल
२८ पुष २०७८ ११:४७

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर कारोबार खुलेको १ घण्टा नबित्दै चार कम्पनीको सेयर मुल्यमा सर्किट लागेको छ।

बुधबारको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फरस्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलबिद्युतको सेयरमा सर्किट लगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल इन्फरस्ट्रक्चर बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलबिद्युतको ९.९८ प्रतिशतले बढेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५५ रुपैयाँले बढेर ६ सय ५ रुपैयाँ २० पैसा पुगेको छ। नेपाल इन्फरस्ट्रक्चर बैंकको सेयर मूल्य ३३ रुपैयाँ ९० पैसाले बढेर ३७२ रुपैयाँ ९० पैसा पुगेको छ

यता, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५७ रुपैयाँले बढेर ६ सय २७ रुपैयाँ ९० पैसा र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य ३१ रुपैयाँ ३० पैसाले बढेर ३४४ रुपैयाँ ८० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *