३०.५१ अङ्कले घट्यो नेप्से परिसूचक, ८ अर्ब ३ करोड माथिको कारोबार
काठमाडौं । साताको कारोबारको चौथौ दिन बुधबार नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३०.५१ अङ्कले घटेर २ हजार ८०३.६२ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : हाइड्रो इलेक्ट्रीसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट र अपि पावर कम्पनीको कारोबार भएको छ ।
बुधबार बढेको सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फरस्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलबिद्युतको सेयरमा सर्किट लगेको छ ।







डिसी नेपाल








Facebook Comment