प्रिमियर इन्स्योरेन्सको लाभांश परिमार्जन

डिसी नेपाल
२९ पुष २०७८ ९:३८

काठमाडौँ। प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो सेयरधनीलाई दिने लाभांश परिमार्जन गरेको छ । बिमा समितीले निर्जीवन बीमा कम्पनीलाई  कर प्रयोजन बाहेक नगद लाभांश वितरणमा नगर्न निर्देशन दिएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।

अव कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तर्न ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ। यस अघि कम्पनीलेले ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको थियो ।

उक्त परिमार्जन लाभांश पारित गर्न कम्पनीले २८औँ वार्षिक साधारण सभा माघ २१ गते बस्ने भएको छ । सभा प्रिमियर भवन नक्साल काठमांडौमा भर्चुअल माध्यामबाट बिहान ११ बजे सुरु हुने छ ।

सभा प्रयोजनार्थ कम्पनीले ५ माघ देखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ४ माघसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *