सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ

डिसी नेपाल
२९ पुष २०७८ ११:२५

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ। यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार२०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *