जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरण नगर्न समितिको निर्देशन

डिसी नेपाल
२९ पुष २०७८ १४:०४

काठमाडौं । जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन जारी गरेको छ। नियामक निकाय बीमा समितिले नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरुलाई कर प्रयोजनबाहेकका लागि नगद लाभांश वितरण नगर्न निर्देशन जारी गरेको हो।

समितिले भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने, आइपर्नसक्ने थप जोखिम बहन गर्न पुँजीकोषलाई सबल बनाउन नगद लाभांश दिनेमा रोक लगाएको हो । जीवन बीमा कम्पनीहरुले अर्को व्यवस्था नभएसम्मको लागि बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि बाहेकको नगद लाभांश वितरण गर्न नपाउने समितिले जनाएको छ  ।

समितिले यसअघि निर्जीवन बिमा कम्पनीहरुलाई पनि नगद लाभांश वितरणमा रोक लगाइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *