२७ प्रतिशत लाभांश पारित गर्न एसियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

डिसी नेपाल
२९ पुष २०७८ १५:०३

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २१ गते हुने भएको छ। लाभांश पारित गर्न सभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा बिहान ११ः३० बजे सुरु हुने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

सभामा कम्पनीले ५१ प्रतिशत स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार माघ ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *