सुन २०० रुपैयाँले बढ्याे, यस्ताे छ बजार भाउ
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
Facebook Comment