आइतबार तीन सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२ माघ २०७८ १०:५३

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ ।

शुक्रबार प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो।शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार २ सय २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *